देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘भरतपुरमा आ-आफैं मित्रवत् प्रतिस्पर्धा गरौं’ – महामन्त्री शर्मा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका विषयमा पार्टीभित्र नयाँ प्रस्ताव अगाडि सारेका छन् ।

शनिबार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री शर्माले ‘नयाँ र तेस्रो विकल्प’ भन्दै ‘मित्रवत् प्रतिस्पर्धा’को प्रस्ताव गरेका हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले भरतपुर महानगर नेकपा (माओवादी) केन्द्रलाई छाडेको भन्दै योपटक माओवादीले कांग्रेसलाई सघाउनुपर्ने पार्टीका नेता-कार्यकर्ताहरूको मत रहेको कुरामा शर्माको जोड रहेको थियो ।

देशभर एक्लै लड्नुपर्छ भन्नेमा आफू रहे पनि पार्टीको निर्णय स्वीकार गरेर अघि बढेको बताउँदै उनले भने “स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ– भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धा,” ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार