देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल

0

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ।

कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई पराजित गर्ने योजनासहित यी दुई दलबीच आइतवार दिनभर वार्ता भएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेको गृहजिल्ला चितवनको भरतपुरमा कांग्रेसको साथ लिएर माओवादी केन्द्रकी रेनु दाहाल दोहोरिन तयार भएको अवस्थामा विपक्षीको मोर्चाबन्दी बनेको हो।

भरतपुरको मेयरमा एमालेले बागमती प्रदेश सांसद विजय सुवेदीलाई मैदानमा उतारिसकेको छ। उपमेयरमा राप्रपाले उम्मेदवार उठाउने भएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार