देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

0

चितवन – भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको स्वाबको पीसीआर परीक्षण गर्दा कात्तिक ८ गते कोरोना रिर्पोट पोजेटिभ आएको थियो ।

उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार