देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरतपुर अस्पतालमा पीसीआर परीक्षणको रिएजेन्ट अभाव

0

चितवन – भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट अभाव भएको छ । रिएजेन्ट अभाव भएपछि जिल्लामा संकलित स्वाबको नमूना काठमाडौं पठाउन थालिएको छ ।

प्रयोगशालामा चाहिने आर एन ए एब्स्ट्रयाक्सन किट र पीसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो । सोमबार रिएजेन्ट सकिएपछि पीसीआर परीक्षण गर्न रोकिएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले बताईन ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट अभाव मंगलबार मात्रै ३२५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिईन ।

जिल्लाका चितवन मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पीसीआर परीक्षण गर्दै आएका छन् । ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ ।

गत चैत २२ गतेबाट सुरु भएको यस प्रयोगशालाले हालसम्म २५ हजार भन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ । चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि पठाइने गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार