देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरतपुर कोरोना अस्पतालमा भएको चोरी बारे छानबिन समिति गठन

0

(चितवन) – भरतपुर अस्पताल मातहत सञ्चालित कोरोना अस्पतालमा भएको चोरीको बारेमा छानबिन गर्न भरतपुर महानगरपालिकाले समिति गठन गरेको छ ।

उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एक एक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको हो ।

अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजर लगायत सामग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको हो ।

कोरोना अस्पतालको स्टोरमा रहेका सामान कर्मचारीले रातको समयमा लगेको सिसिक्यामेरा भिडिओ सञ्चारमाध्यमबाट बाहिरिए पछि छानबिन गर्न समिति गठन गरिएको हो ।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री लगेको सार्वजनिक उक्त भिडिओमा देखिन्छ ।

उनीहरूले चप्पल, सेनिटाइजर, मास्क लगायत अरू के के सामान स्टोरबाट लगे र ती सामान कहाँ बिक्री गरे भन्ने खुलेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार