देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरतपुर गोल्डकप फागुन २४ देखि

0

मध्यबिन्दु/चितवन – चितवनकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भरतपुर गोल्डकपको दोस्रो संस्करण आगामी फागुन २४ गते देखि सुरु हुने भएको छ । आज मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दैै आयोजक एजे इन्टरनेश्नलले प्रतियोगिता चैत्र ३ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने जानकारी गराएको हो ।

१० क्लबको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टिमले नगद ५ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ ।
चितवन जिल्ला फुटबल संघ सह–आयोजक रहेको प्रतियोगितामा वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकाका लागि निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार