देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरुवा बन्दुक सहित पाल्पाबाट ३ जना पक्राउ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

पाल्पा – भरुवा बन्दुक सहित पाल्पाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रैनादेवी छहारा गाउँपालिका-४ भर्माटुङ बस्ने १७ वर्षीय किशोर समेत ३ जनालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रिब्दिकोट गाउँपालिका-८ दानसिङडाँडाको चिलाउने पानी सामुदायिक वनमा ४ जना ब्यक्तिहरु शिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्कन गई सोही ठाउँ बस्ने १३ वर्षीय लक्ष्मण छहारीलाई बन्दुकको छर्राले लागि मृत्यु भएको भएको थियो ।

लक्ष्मण छहारीको मृत्यु भएको भन्ने खबर शुक्रबार बिहान प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

साथै घटनास्थल देखि १० मिटर नजिकै अन्दाजी १२ केजी तौलको मृग समेत मरेको अवस्थामा प्रहरीले फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार