देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरुवा बन्दुक सहित सिन्धुपाल्चोकबाट एक पक्राउ

0

काठमाडौं – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ ताकपास बस्ने ४० वर्षीय कर्मा तामाङलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

कर्मा र उनकै श्रीमतीबीच झै झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलपिङकट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै, ओखलढुंगाको मोलुङ गाउँपालिका-७ गल्नाठा बस्ने ३३ वर्षीय डम्बर बहादुर तामाङलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरको आगनमा भरुवा बन्दुक चलाउने क्रममा अचानक पड्किन गई उनकै १३ वर्षीया छोरी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

घाइतेलाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला सामुदायिक मिसन अस्पताल पठाइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार