देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरुवा बन्दुक सहित सिरहाबाट एक पक्राउ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

लहान – भरुवा बन्दुक सहित सिरहाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडक बहादुर मगर रहेका छन् ।

लहान नगरपालिका-२४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङहरु सहित ४२ वर्षीय मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरीले अचानक बन्दुकको अवाज आएपश्चात तलासी गर्ने क्रममा सोही ठाउँस्थितमा उखु घारीमा उक्त हतियार सहित उनलाई लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार