देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भागबन्डा नमिलेको भन्दै सरकारमा गएन नागरिक उन्मुक्ति पार्टी

0

काठमाडौं – पाँच महिनापछी पुर्णता पाउन लागेको सुदुरपश्चिम सरकार फेरी अधुरै रहेको छ । नागरिक उन्मुक्ति पार्टी ले एकाएक तत्काल सरकारमा सहभागी नहुने बताएपछी सरकारको पुर्णता अधुरै रहेको हो ।

यसअघि नाउपाको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबारै नागरिक उन्मुक्तिका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा र कैलाश चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए ।

साे पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गर्दै सरकारमा सहभागी नहुने जानकारी गराएपछि सरकार विस्तार राेकिएकाे छ ।

श्रेष्ठले पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेको बताउँदै सरकारमा सहभागी नहुने बताएकी हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार