देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भानु नगरपालिकाका इन्जिनियर र वडा सदस्य विरुद्ध भ्रष्टाचार मुद्दा

0

(तनहुँ) – अख्तियार दरुपयोग अनुसन्धान आयोगले भानु नगरपालिकामा कार्यरत इन्जिनियर र वडासदस्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भानु नगरपालिका इन्जिनियर शुकदेव अधिकारी र वडा नं. १३ का वडासदस्य कृष्ण बहादुर अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भानु नगरपालिका वडा नं. १३ का वडासदस्य कृष्ण बहादुर अधिकारी मार्फत इन्जिनियर शुकदेव अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिसर कार्यसम्पन्न प्रतिवेदन बनाई दिएको समेत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घूस लिंदै गर्दा पक्राउ परेका थिए ।

घूस मागेको उजुरीपछि आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले वडासदस्य अधिकारी र इन्जिनियर अधिकारीलाई ७५ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो ।

इन्जिनियर अधिकारीले भानु नगरपालिका वडा नं. १३ स्थित जनसहयोगी माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न भएको कार्य सम्पन्न प्रतिवेदन तथा भुक्तानी सिफारिस बनाई दिएको लगायतको बहाना बनाई सेवाग्राहीसँग वडासदस्य कृष्ण बहादुर अधिकारीमार्फत घूस लिएको आयोगले जनाएको छ ।

वडासदस्य अधिकारीले इन्जिनियर शुकदेव अधिकारीलाई सो घूस रकम मिलाउने कार्यमा संलग्नता देखिएको आयोगले जनाएको छ । दुबै जना विरुद्ध सोही रकम बराबरको बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार