देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतका चार स्थानमा बम बिस्फोट

0

रासस/गुवाहाटी – भारतमा गणतन्त्र दिवसको दिन आज आइतबार बिहान पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन् । यी बिस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको अधिकारीहरुले बताएका छन् ।

डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएको हो । अर्को बिस्फोट डुलियाजान र चराइदेओ जिल्लाको टिओक घाट नजिकै भएको प्रहरीले जनाएको छ ।

राज्यका वरिष्ट प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका र अनुसन्धान शुरु भएको जनाइएको छ । उक्त बिस्फोटबाट मानवीय वा अन्य क्षतिको विवरण प्राप्त हुन भने बाँकी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार