देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

0

काठमाडौं – भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य समेत रहेका ८२ वर्षीय सिंहको आइतबार बिहान निधन भएको हो ।

जसमन्त सिंह राजस्थानको बाडमेरका हुन् । उनले विदेश र रक्षा मन्त्रालयको कार्यभार समेत सम्हालेका थिए । उनी भारतीय सेनामा मेजर पनि थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, “जसवंत सिंहले हाम्रो देशको लागि तनमनले सेवा गरे, पहिले एक सैनिकको रूपमा र पछि राजनीतिसँगको लामो सम्बन्धमा । उनले एटलीको सरकार र वित्त, रक्षा र वैदेशिक मामिलामा अत्यन्त महत्वपूर्ण विभागहरू सम्हालेर विश्वमा कडा प्रभाव पारेको छ। उनको निधनबाट म दुखी छु ।”

आफ्नो राजनीतिक जीवनमा पाँचपटक राज्यसभा र चार पटक लोक सभा सदस्यमा निर्वाचित भएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

उनले अर्को ट्वीट गरे, “जसवंत सिंह जीलाई राजनीति र समाजको मामिलामा अनौंठो दृष्टिकोणको लागि याद गरिनेछ । उनले भाजपालाई सुदृढ पार्न पनि योगदान गरे। उनको परिवार र समर्थकप्रति मेरो समवेदना । ओम शांति ।”

विगत ६ वर्षदेखि उनी बिरामी थिए । सन् २०१४ मा घरको बाथरूममा चिप्लिएर लडेपछि सिंहको टाउकोमा गम्भीर चोटपटक लागेको थियो । त्यो बेलादेखि उनी कोमामा थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार