देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतको निसानामा अलिएक्सप्रेस

0

काठमाडौं – भारतको निसानामा लोकप्रिय चिनियाँ ई-कमर्सको माध्यम अलिएक्सप्रेस पनि परेको छ ।  भारतीय सूचना प्रविधि मन्त्रालयले सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामाथि खतरा बढेको भन्दै थप ४३ वटा मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ ।

यससँगै भारतको प्रतिबन्धमा २२० वटा चिनियाँ एप परेका छन् । सीमा विवादका कारण उत्पन्न तनाव मत्थर पार्न दुई देशले प्रयास गरिरहेको बेला भारतले यो कदम चालेको हो ।

गत जुन महिनामा २० भारतीय सैनिकको ज्यान जानेगरी भएको सङ्घर्षपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको थियो । भारत सरकारले ती एपहरू भारतको “स्वायत्तता र अखण्डता” मा आघात गर्ने गतिविधिमा संलग्न भएको दाबी गरेको छ ।

चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाउन थालेको भारतको निसानामा अलिएक्सप्रेस पनि परेको हो । राष्ट्रिय सुरक्षाको बहाना बनाएर भारतले अन्तर्राष्ट्रिय व्यापार नीति नियम तथा कानूनको उल्लंघन गरेको आरोप चीनले लगाएको छ ।

भारतले प्रतिबन्ध लगाएका ती एपमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुप आबद्ध ४ वटा एपहरु छन् । चीनले भारतको सो कदमलाई विश्व व्यापार संगठनको नियम उल्लंघनको संज्ञा दिएको छ ।

चिनियाँ राजदूतावासका प्रवक्ताले भारतले फेरि राष्ट्रिय सुरक्षाको “निहुँ” पारेको टिप्पणी गरेका छन्। उनले आफूहरूले “निष्पक्ष र बिनाभेदभाव व्यापारिक वातावरण” को “अपेक्षा” गरेको बताएका छन् । विश्लेषकहरूले गोपनीयताका कारण भन्दा पनि चीनलाई प्रतिक्रिया स्वरूप यो प्रतिबन्ध लगाइएको धारणा व्यक्त गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार