देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतको विदेश मन्त्रालयले भन्यो, ‘सडक आफ्नै भूमिमा बनाएका हौं’

0

(काठमाडौं) – भारतले लिपुलेकमा बनाएको सडक आफ्नै भूमिभित्र पर्ने दाबी गरेको छ । भारतको विदेश मन्त्रालयले शनिबार सा“झ विज्ञप्ति जारी गर्दै शुक्रबार उद्घाटन गरिएको सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको हो ।

भारतले नेपाली भू–भाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो ।भारतले उक्त सडकखण्ड उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने र तीर्थालुहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साबिककै मार्ग अन्तर्गत रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परियोजना अन्तर्गत सोही सडकलाई तीर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति गरिएको मात्र हो ।’

नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ । कोभिड–१९ को संकट टरेपछि दुवै पक्षबीचको सहमतिमा मिति तय गरेर सीमा सम्बन्धमा छलफलका लागि परराष्ट्र सचिवस्तरीय बैठक हुने भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार