देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, ४२२ को मृत्यु

0

(काठमाडौं) – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ सय २२ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार बिहीबार बिहानसम्म भारतमा १२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये एक हजार ५ सय ८ जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म महाराष्ट्रमा १ सय ८७ जनाको मृत्यु भएको छ । २ हजार ९ सय १६ जना संक्रमित भएका छन् । मध्य प्रदेशमा ५३ जनाको मृत्यु भएको छ भने ९ सय ८७ जनामा संक्रमण दखिएको छ ।

गुजरातमा ३३ जनाको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या ७ सय ६६ पुगेको छ । भारतको राजधानी नयाँ दिल्लीमा पनि कोरोनाको संक्रमयाबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म ३२ पुगेको छ भने, १ हजार ५ सय ७८ जना संक्रमित भएका छन् । तेलंगनामा १८ जनाको मृत्यु भएको छ भने ६ सय ४७ जना संक्रमित भएका छन् ।

त्यस्तै, आन्ध्रा प्रदेशमा १४ जनाको मृत्यु भएको छ भने ५ सय २४ जना संक्रमित छन् । तमिलनाडुमा १४ जनाको मृत्यु भएको छ भने एक हजार २ सय ४२ जना संक्रमित भएका छन् । त्यस्तै नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश ११ जनाको मृत्यु भईसकेको छ भने ७३५ जना संक्रमित छन् भने पश्चिम बंगालमा २३१ जनामा संक्रमण देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार