देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतमा जन्मियो पुच्छरसहितको शिशु

0

काठमाडौं – भारतमा पुच्छरसहितको एक शिशुको जन्म भएको छ । भारतको राज्य उत्तर प्रदेशको नोयडास्थित एक अस्पतालमा पुच्छरसहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ । जन्मदा बच्चको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो मासुको एक भाग निस्केको थियो ।

अस्पतालका चिकित्सक तथा नर्सका साथ साथै आमाबुवा र परिवारका मानिस पनि यो देखेर छक्क परेका थिए । जन्मेको बच्चा पूर्ण रूपमा स्वस्थ रहेको र आमाको दूध मज्जाले पिइरहेको चिकित्सकले बताएका छन् ।

पुच्छरका साथ बच्चाहरू जन्मेको घटना जम्मा १ प्रतिशत देख्न पाइने उक्त अस्पतालका चिकित्सक डा अनुराग भार्गवले बताएका छन् । कन्जेनाइटल एब्नर्मालिटीका कारण बच्चामा पुछार हुने उनको भनाइ छ ।

अस्पतालका कर्मचारी तथा त्यस ठाउँका अन्य मानिसहरु बच्चा हेर्नका लागि आउन थालेपछि चिकित्सकहरूले बच्चा स्वास्थ्य भएका कारण पनि बच्चासहित माता–पितालाई घर पठाएका छन् ।

पुच्छरले बच्चालाई कुनै पनि प्रकारको स्वास्थ्यमा खतरा नगर्ने र बच्चालाई पछि शल्यक्रिया गरेर अतिरिक्त मासुको टुक्रा हटाउन मिल्ने डाक्टरले जनाएका छन् ।

एजेन्सी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार