देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतमा लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान आज

0

काठमाडौं – छिमकी मुलुक भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुन लागेको हो ।

पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज मतदान हुँदैछ ।

लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा  छन् । यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् ।

लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात मङ्गलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार