देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतमा शुक्रबार एकैदिन २६ हजार बढी संक्रमित थपिए

0

काठमाडौं – भारतमा शुक्रबार एकैदिन २६ हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो समय लकडाउनमा केही खुकुलो बनाएसँगै भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ५ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख ९३ हजार ८ सय २ पुगेको छ ।

संक्रमणका कारण भारतमा हालसम्म २१ हजार ६ सय ४ जनाको मृत्यु भईसकेको छ । भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको संख्या २ लाख ३० सय ५ सय ९९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणका कारण त्यहाँ ९ हजार ६ सय ६७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि उत्तर प्रदेशमा फेरि लकडाउनको घोषणा गरिएको छ । लगातार संक्रमित थपिएपछि कलकारखानाहरु बन्द गरिएको छ ।

गत जनवरी देखि हालसम्म भारतमा २१ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । विश्वमा सबैभन्दा बढी संक्रमित भएको देशको सूचीमा अमेरिका र ब्रजिल पछि भारत परेको छ ।

भारतमा कुल संक्रमित मध्ये ६० प्रतिशत भन्दा बढी दिल्ली, महाराष्ट्र र तामिलनाडूका रहेका छन् । कोरोना संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण भारतले ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाएका छन् । देशको आर्थिक अवस्था पनि बिस्तारै खस्किंदै गएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

बिस्तारै, लकडाउनलाई सहज बनाइयो ताकी अर्थव्यवस्था र जनताको जीविका चलाउन सकियोस् । तर, बढ्दो घटनाहरूको साथसाथै अवस्था झनै जटिल भएको छ । महाराष्ट्रको औद्योगिक शहर, औरंगाबादमा नौ दिनका लागि कर्फ्यू लगाइएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार