देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतले प्याज निर्यात रोकेपछि नेपालमा ह्वात्तै भाउ बढ्यो

0

काठमाडौँ – भारतले प्याजको निर्यातमा तत्कालका लागि रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य आकाशिएको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूची अनुसार भारतीय सुकेको प्याजको मूल्य किलोमै २५ प्रतिशत मूल्यवृद्धि भएको हो । भारतले प्याज निर्यातमा रोक लगाएको भोलिपल्ट नै प्याजको मूल्य प्रतिकिलो ९५ रुपैयाँले बढेको छ ।

भदौ २९ गते प्रतिकिलो औषत मूल्य ६० रुपैयाँ रहेको तरकारी बजारमा तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ । भारतको केन्द्रीय सरकारले सोमबारमात्र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो । अस्वाभाविक मूल्य वृद्धि भएपछि प्याज निर्यातमा सरकारले रोक लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो । भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गरेका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार दक्षिण एसियामा भारत सबैभन्दा बढी प्याज उत्पादन गर्ने मुलुक हो । नेपाल लगायत बंगलादेश, श्रीलंका र मलेसिया भारतीय प्याजमै निर्भर रहेका छन् । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्य बृद्धि भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार