देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतसँग नेपालको ८–० को लज्जास्पद हार

0

काठमाडौं – साफ अन्डर २० च्याम्पियनसिपमा आइतबार नेपालले भारतसँग लज्जास्पद ८–० को पराजय भोगेको छ।

भुवनेश्वरको कालिंगा रंगशालामा भएको खेलको पहिलो हाफमा १–० पछि परेको नेपाल दोस्रो हाफमा गोल फर्काउने लक्ष्यमा मैदान प्रवेश गरेको नेपाली टिमले उल्टै पाँच गोल खाएको थियो।

टाइसन सिंह लोइटोङगामले ३२ औँ मिनेटमा भारतीय टिमका लागि गोलको खाता खोलेसँगै पार्थिब सुन्दरले ५१ र ५२ औँ मिनेटमा, पाथुम गिमहानाले ६४ औँ मिनेटमा, हिमान्सुले ७१ औँ मिनेटमा, मोहम्मद रिकाजले ७८ औँ मिनेटमा, गुरकिरात सिंहले ९० औँ मिनेटमा र आतिरिक्त समयमा शुभो पौलले गोल गरेका थिए।

नेपालका लागि यो पहिलो हार हो। यसअघि नेपाली टिमले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको थियो। उता भारतले पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजय व्यहोरेको थियो। दोस्रो खेलमा भने उसले श्रीलंकालाई ४–० ले पन्छाएको थियो।

आइतबारको नतिजासँगै नेपाल र भारतको ६–६ अंक भएको छ। आ–आफ्ना अन्तिम खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्नेछन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार