देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतिय गुप्तचर संस्था “रअ” का प्रमुख आकस्मिक नेपालमा ?

0

काठमाण्डौं – भारतको अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग (र) का प्रमुख सामन्त गोयल बुधबार दिउँसो एक बजे काठमाडौँ आइपुगेका छन् । भारतीय वायुसेनाको विमानमार्फत नौ सदस्यीय उनको टोली काठमाडौं ओर्लिएको हो ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको कार्तिक १८ गतेदेखि शुरु हुने भ्रमणको तयारी चल्दै गर्दा दुई देशवीच कालापानी र लिम्पियाधुरासमेत सम्मिलित नक्सा जारी गरिएपछि चिसिएको राजनैतिक सम्बन्ध सुधार्ने क्रममा यो आकस्मिक भ्रमण भएको हो ।

जासुस टोलीले प्रयोग गरेको विमानको कलसाइन IFC 4620 रहेको छ । गोयल प्रधानमन्त्री केपी ओलीलगायत उच्चपदस्थ ब्यक्तित्वहरुसङ्ग बुधबार राती महत्त्वपूर्ण भेटघाट सकेर गोयल आज बिहान साढे ९ बजे स्वदेश फर्कदै छन् ।

दुई देशवीच कालापानी र लिम्पियाधुरासमेत सम्मिलित नक्सा जारी गरिएपछि नेपाल भारतबिच चिसिएको राजनैतिक सम्बन्ध सुधारका हिसाबले यो भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

उनी जिम्मेवारी सम्हाल्नासाथ पोहोर साउन ४ गते पनि नेपाल आएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार