देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतीय विदेश सचिव श्रृंगला काठमाडौंमा

0

काठमाडौं – भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । दुई दिने औपचारिक भ्रमणका लागि श्रृंगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन् ।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेट गर्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।

श्रृंगला विदेश नीति सम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडीआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल-भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडीआइएले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार