देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतीय सेनाध्यक्ष नरावणे कार्तिक १९ गते नेपाल आउने

0

काठमाडौं – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे यहि कार्तिक १९ गते नेपाल आउने भएका छन् ।

तीन दिने नेपाल भ्रमणका लागि चार सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै नरवणे काठमाडौं आउन लागेका हुन् ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले नरावणेको नेपाल भ्रमण स्वीकृत गरेको थियो । दुई देशबीचको सीमा विवाद तथा कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यसअघि नरावणेको नेपाल भ्रमण स्थगित भएको थियो ।

तीन दिने भ्रमणका दौरान जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणको मुख्य अंशको रुपमा नेपाली सेना र भारतीय सेना विचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् । नरवणेले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार