देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारत पुगेका प्रधानमन्त्री दाहाललाई राज्यमन्त्रीको स्वागत

0
<p>तस्बिर: नेपाली दूतावास, नयाँ दिल्ली</p>

तस्बिर: नेपाली दूतावास, नयाँ दिल्ली

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल भारत पुगेका छन्। चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहाललाई भारतीय संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत पुगेको छ।

प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:२५ बजे प्रस्थान गरेका हुन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ।

हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने एक अन्तर्क्रियात्मक कार्यक्रमलाई उनले सम्बोधन गर्ने र व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ।

प्रधानमन्त्री दाहालले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन्।प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कंने तय भएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार