देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारत र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

0

एजेन्सी – भारत र इरानका विदेशमन्त्रीबीच आइतबार द्विपक्षीय वार्ता भएको छ । आइतबार इरानको राजधानी तेहरानमा उनीहरुबीच वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरान भ्रमणमा रहेका भारतीय विदेशमन्त्री शुब्रमन्यम जयशंकर र इरानी विदेशमन्त्री मोहमद जावेद जारिफबीच भेटवार्ता भएको हो ।

भेटवार्ता दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढिकरणका क्षेत्रमा केन्द्रीत भएको जनाइएको छ । इरानी विदेशमन्त्री जारिफले आफ्नो ट्वीटर अकाउन्टमा जनाएअनुसार भेटवार्ताका क्रममा इरान र भारतबीचको आर्थिक सम्बन्धमा सृदृढिकरणका साथै आगामी दिनमा आर्थिक क्षेत्रका सम्भावना खोज्ने विषयमा छलफल भएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी भूभागमा रहेको चाबहार बन्दरगाहलाई खुला गरिदिएको घोषणा गरेको एक दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको इरान भ्रमण गरेका हुन् ।

उक्त बन्दरगाह अफगानिस्तानमा द्धन्द्धको मारमा परेका मानिसका लागि मानवीय सहायता आपूर्ति गर्ने एक महत्वपूर्ण मार्गका रुपमा लिइन्छ । उक्त बन्दरगाहाको भारत, इरान र अफगानिस्तानले संयुक्त रुपमा विकास गरेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार