देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारत र श्रीलंकाका क्यासिनोमा जुवा खेलाउने २ पक्राउ

0

काठमाडौं – भारतको सिक्किम तथा गोवा र श्रीलंकाका विभिन्न क्यासिनोहरुमा जुवा खेलाउने २ जना नेपाली युवालाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्यूठानको नौवहिनी गाउँपालिका–४ घर भई ललितपुरको झम्सिखेल बस्ने ३८ वर्षीय दिपक गुरुङ भनिने डुबलाल घर्ती मगर छन् ।

प्रहरीले डुबलाल सहित २० वर्षीय सुनिल पुनमगरलाई पनि पक्राउ गरेको छ । डुबलालले श्रीलकंन वेलिजबेट क्यासिनो अन्तर्गत नेपालमा एजेन्टको रुपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुको साथबाट ल्यापटप, मोबाइल, भारतीय आधारका कार्ड र ८ लाख रुपैयाँ बरामद भएको महाशाखाले जनाएको छ । उनीहरुले अनलाइन जुवा तथा सट्टेबाज मार्फत अन्दाजी ५० लाख रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार