देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भिजिट भिसामा जान १८ नयाँ नियम, पहिलेको प्रावधान संशोधन

0

काठमाडौं – गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गरेको छ।

बिहीबार सचिवस्तरीय निर्णयबाट कार्यविधि तयार भई कार्यान्वयनमा नआउञ्जेलसम्मका लागि अस्थायी प्रावधान लागु गरेको गृह मन्त्रालयले जनाएको छ। अस्थायी प्रावधानले पुरानो व्यवस्थालाई भने संशोधन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कार्यविधि नआउँदासम्म यो अस्थायी प्रावधान लागु हुने बताए।

उनले यसअघि सिफारिस गरिएको १० लाख रुपैयाँ वार्षिक आय र पाँच लाख रुपैयाँ बैंक खातामा बचतको प्रावधानले नकारात्मक सन्देश गएकाले संशोधन गरिएको बताए।

‘१० लाख राख्दा त्यति नै पैसा जम्मा गर्नुपर्ने जस्तो पर्न गयो। नकारात्मक सन्देश गयो। त्यसैले घटाएर पाँच लाख गरिएको हो। कार्यविधि नआउँदासम्म यो व्यवस्था लागु हुन्छ,’ उनले भने।

अस्थायी प्रावधानअन्तर्गत खाडी मुलुकभन्दा बाहिर कम्तिमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउनेछन्।

अंग्रेजी र गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषामा दख्खल भएको व्यक्ति पनि जान पाउनेछन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार