देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भिटेनको ‘पारा’को संशोधित नयाँ म्युजिक भिडियो चाँडै आउने

0

काठमाडौं – चर्चित र्‍यापर भिटेन अर्थात समिर घिसिङले पारा शीर्षकको म्युजिक भिडियोमा प्रयोग भएको आपत्तिजनक शब्द संशोधन गरी संशोधित नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक गर्ने जनाएका छन् ।

भिटेनको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक विज्ञप्तिमा नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिएको उल्लेख छ ।

सो म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन पनि भिटेनले विज्ञप्ती मार्फत आग्रह गरेका छन् । केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो । विज्ञप्ति अनुसार कात्तिक १३ गते नै सो गीत युट्युबबाट हटाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार