देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भीडभाड हुने कार्य नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

0

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

छिमेकी देश भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।

छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक/भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार