देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भीमफेदी दुर्घटना अपडेट – ३ जनाको मृत्यु

0

काठमाडौं – मकवानपुरको भीमफेदीमा भएको कार दुर्घटनामा घाइते मृत्यु हुनेको संख्या ३ पुगेको छ । भीमफेदीमा आज भएको सवारी दुर्घटना हुँदा ५ जना घाइतेमध्ये हालसम्म ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुर मनहरी–८ बेलुवा २६ वर्षीय अर्जुन नेपाली र उनका ३ महिनाकी छोरी अर्जिता रहेकी छिन् । मृतक एक जनाको भने सनाखत हुन सकेको छैन ।

हालसम्म मृत्यु हुनेमा एक बालिकासहित २ पुरुष गरी ३ जना रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा६च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको थियो । कार सडकबाट करिब २५० मिटर तल खसेको थियो । घाइते २ महिलाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।  

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार