देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भीम रावललाई लेखराज भट्टको चेतावनी -‘सामाजिक सञ्जालमा नौटंकी नदेखाउनु’

0

काठमाडौं – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा ‘नौटंकी’ नदेखाउन चेतावनी दिएका छन्।

मंगलबार एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टले रावललाई सामाजिक सञ्जालमा नौटंकी नदेखाउन चेतावनी दिएका हुन्।

मंगलबार बिहान एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्विटरमा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका हुन्।

‘कमिटी प्रणाली छ। संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्याहरु, विचारहरु, भिन्न मतहरुलाई छलफल र समाधान गर्दै आएका छौँ। कसैलाई आफूलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिन भन्ने, उपस्थित हुन्न भन्ने, राजीनामा दिन्छु भन्ने, यी खालका अभिव्यक्तिहरु आउँछन्’, भट्टले भने, ‘पार्टी, मबिना हुँदैन भन्ने चिन्तन जुन छ, यो चिन्तन गलत छ। व्यक्ति नभए पनि पार्टी चल्छ। देश चल्छ र जीवन चल्छ। यहाँ त निर्माण गरेकोलाई ध्वंस गर्ने काम भइरहेको छ।’

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार