देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भीम रावलले अनुशासनहीन क्रियाकलाप गर्नुभो – ओली

0

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा सांसद भीमबहादुर रावलले अनुशासनहिन काम गरेको बताएका छन् ।

उनले पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएर सांसद भीमबहादुर रावलले अनुशासनहिन काम गरेको  बताएका हुन् ।

‘भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद् सदस्य हो । तर उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गर्नुभएको छ । त्यस सम्बन्धमा पार्टीको ध्यान गएको छ,’ एमसीसीको विरोध गर्ने सांसदलाई के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले भने ।

रावल पार्टीको धारणा वा पार्टीको कामकारबाही भन्दा पृथक ढंगले गइरहेको उनले बताए । ‘व्यक्तिगत तवरमा हिरो देखिन खोज्ने कामकारबाही, विचार राष्ट्रवाद वा लोकतन्त्रको वहनामा’ त्यस्ता क्रियाकलाप सांसद रावलबाट भइरहेको उनको भनाइ थियो ।

सांसद रावललाई संसदीय दलको बैठकमा पनि आफूले पार्टीको निर्णय मानेर अघि बढ्न भनेको ओलीले जानकारी दिए । ‘मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ,’ उनले भने, ‘तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार