देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भूकम्पका घाइते भेट्न टिचिङ हस्पिटल पुगे स्वास्थ्य मन्त्री बस्नेत

0

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले काठमाडौंमा उपचाररत भुकम्पका घाइतेहरुलाई भेटेका छन् ।

जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बुधबार भेटेका हुन् ।

बिरामी भेटेपछी सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको सबै अस्पतालमा उपचार नि:शुल्क गर्ने निर्णय गरिसकेकाले सबैको  नि:शुल्क उपचार भइरहेको बताए ।

भूकम्पमा परेर गम्भीर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा. काफ्लेले जानकारी दिए । उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको, एक जनालाई आइसियुमा राखेर उपचार भइरहेको र बाकी आठजनाको पनि उपचार भइरहेको डा. काफ्लेले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार