देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भूकम्पपीडितका लागि १ अर्ब ४१ करोड रुपैयाँ निकासा

0
<p>फोटो &#8211; रासस</p>

फोटो – रासस

काठमाडौं – सरकारले जाजरकोट, रुकुम (पश्चिम), बझाङ, बाजुरा र सल्यानका भूकम्पपीडितका लागि रकम निकासा गरेको छ।हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित लाभग्राहीहरूको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि गृह मन्त्रालयले ती जिल्लाका भूकम्पपीडितका लागि कुल १ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको हो।

प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिमका लागि ५०/५० करोड, बझाङलाई २५ करोड, बाजुरालाई १४ करोड र सल्यानलाई २ करोड रुपैयाँ निकासा भएको छ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले गएको थियो। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी क्षति गरेको थियो।

अहिले पनि त्यहाँका भूकम्पपीडित त्रिपालमूनि बसिरहेका छन्। जाजरकोटमा चिसोका कारण ११ जना भूकम्पपीडितको मृत्यु भइसकेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार