देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भूकम्पले लम्जुङमा तीनजना घाइते, सातवटाघर भत्किए

0
<p>तस्विर-कृष्ण आले लमजुङ</p>

तस्विर-कृष्ण आले लमजुङ

काठमाडौं – बुधबार एकाबिहानै गएको भुकम्पका कारण लम्जुङमा सातवटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन । प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षिया उमा गुरुङ र ८३ वर्षिया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्काएकजना घाइतेको भने नाम खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सातवटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको  उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यही भूकम्पमा परेर केन्द्रबीन्दु् आसपासका केही घरमा क्षति पुगेको लम्जुङ प्रहरीले बताएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार