देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भूकम्प प्रभावित साँस्कृतिक सम्पदाको संरक्षण गर्न भारतले सहयोग गर्ने

0

काठमाडौं – भूकम्पबाट प्रभावित नेपालका ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले सहयोग गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साँस्कृतिक सम्पदाको डिजाइन तथा परियोजना व्यवस्थापन गर्न सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा भारतीय दूतावासका नियोग उपप्रमुख डा. अजय कुमार तथा इन्टाचका सदस्य सचिव डा. सी.टी मिश्राले हस्ताक्षर गरेका छन् ।

‘इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज’ (इन्टाच) सँगको सहकार्यमा भारतीय राजदूतावासले यो सेवा दिन लागेको हो ।

इन्टाचले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्ने जनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार