देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण

0

काठमाडौं – सरकारले आगामी चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए ।

पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको नापजाँच गरिसक्ने र चैतबाट लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगले जनाएको छ ।

अध्यक्ष ज्ञवालीले पहिलो चरणमा भूमिहीन, सुकुम्बासीलाई चैतबाट जमिनको लाजपुर्जा वितरण गर्ने गरी काम अगाडि बढेको बताए ।जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः अगाडि बढाउँदै जाने तर सहज रूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पुर्जा वितरणको काम थालनी गर्ने योजना रहेको अध्यक्ष ज्ञवालीले बताए ।

आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै विगतमा बनेका आयोगजस्तो समस्या नआउने उनको दाबी छ । आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै आयोग पुर्जा वितरणको काममा सफल हुने बताए ।

वन ऐनसँग बाझिएको भन्ने कुरा आएको भए पनि भूमि ऐन पछिल्लो भएकाले पछिल्लो ऐनलाई आधार मानी काम अगाडि बढाइने उनले बताए।

वन ऐनमा अप्ठ्यारो पार्ने, बाझिने केही विषय भए अहिलेको परिस्थितिअनुसार संशोधन गरेर व्यावहारिक बनाउँदै अगाडि बढ्नुपर्ने उनको धारणा छ। देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उनको भनाइ थियो।

गण्डकी प्रदेशमा कावासोती नगरपालिका र कास्कीको रुपा गाउँपालिकामा सबैभन्दा पहिला आयोगले सम्झौता गरी काम सुरू गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार