देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

0

नेपालगञ्ज – बाँकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको शनिबार मृत्यु भएको छ ।

उपचारको क्रममा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर-१५ निवासी ५९ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनको कात्तिक २० गतेसम्म दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई कात्तिक २० गते भेरी अस्पताल लगिएको थियो । उपचारकै क्रममा शनिबार बिहान ५:२५ बजे उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार