देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भेरी अस्पतालविरुद्ध अख्तियारमा उजुरी

0

(नेपालगन्ज) – आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन लगायत अन्य मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै भेरी अस्पतालविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

अस्पतालमा पीसीआर मेसिन र स्वास्थ्य सम्बन्धी मेडिकल उपकरण खरिद, टेन्डर सम्बन्धी विभिन्न ५ वटा विषयमा उजुरी परेको हो ।

उजुरी परेसँगै अख्तियारले ७ दिनको समय दिएर स्पष्टीकरण सहित कागजात माग गरेको छ । आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यलयका प्रमुख गणेश गैरेले शुक्रबार भेरी अस्पतालबाट कागजात प्राप्त भएको बताए ।

यसलाई छानबिन गरेर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाउन बाकी रहेको उनले सुनाए । उनले अनुसन्धानको प्रारम्भिक चरणमा रहेको सुनाए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार