देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भोजपुरका तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

0

(भोजपुर) – विदेशबाट आएका भोजपुरका ३ जनामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । नेपालमा भेटिएको पहिलो कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका दुई जना र भारतबाट आएका एक जना युवकको कोरोना नूमना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिका १ नेपालेडाँडाँका एक युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएकोे छ । भारत सुनौली भन्सार हुँदै आएका सोही ठाउँका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको छ ।

दुबै जना षडानन्द नगरपालिकाले दिंला स्थित हस्पिटलको भवनमा निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । यस्तै अरुण गाउँपालिकाका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार