देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भोटेकोशी–१ जलबिद्युत आयोजनामा काँग्रेस सभापतिको अवरोध

0

काठमाडौं – भोटेकोशी गाउँपालिका–३ र ४ मा निर्माणधीन अवस्थामा रहेको ४० मेगावाटको भोटेकोशी–१ जलबिद्युत आयोजनामा काँग्रेस सभापतिले बाधा अवरोध सिर्जना गर्न थालेका छन् ।

उक्त जलबिद्युत आयोजना बन्नबाट रोक्नका लागि भोटेकोशी गाउँपालिका नेपाली काँग्रेस सभापति देवीबहादुर बुढाथोकीले बिभिन्न बाधा अवरोध उत्पन्न गरेको आयोजना प्रमुख उमेश पराजुलीले जानकारी दिएका छन् ।

भोटेकोशी गापा–४ का स्थानीयबासी समेत रहेका बुढाथोकीले आफ्नो नीजि स्वार्थ पूरा गर्नका लागि गाउँका सोझासिधा जनतालाई बिभिन्न प्रलोभनमा पारेर आयोजनाबिरुद्ध लगाई आयोजनालाई दुख दिदैं आएको पराजुलीले बताएका छन् । आयोजनाबिरुद्ध स्थानीयबासीको बुढाथोकीले किर्ते हस्ताक्षर गर्दै अदालतमा मुद्धा दायर गर्न लगाएर आयोजनाको काममा बाधा पु¥याउने काम गर्दै आएको उनले बताए ।

आयोजनाबाट जग्गा र पैसा असुली गर्ने भन्दै सोझासिधा जनतालाई झलकपट गरी, ललाईफकाई मुद्धाको बिषय नलिई कागजपत्र जम्मा गर्ने, झुकाएर किर्ते सहीछाप गरी सर्वोच्व अदालतमा २०८१-१-६ मा बुढाथोकीले आयोजना बिरुद्ध मुद्धा दायर गरी गरेका छन् । २०८०-१२-०७ गते बुढाथोकीले जिल्ला अदालतमा आयोजना बिरुद्ध स्थानीयहरुलाई मुद्धा दायर गर्न लगाएका थिए ।

सोही बिषयमा जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन पेश गरेका थिए । आयोजना बिरुद्ध स्थानीयलाई झुकाएर हालेको मुद्धा २०८०-७-१६ मा उच्च अदालत पाटनले मुद्धा खारेज गरेको थियो । अहिले बुढाथोकी लगायत ६ जना बिरुद्ध आफ्नो सही किर्ते जालसाँजीमा गरी अदालतमा मुद्धा हालेको बिषयमा भोटेकोशी गापा–४ का राजेन्द्र थामीले जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् ।

तर देवीबहादुर बुढाथोकीले आफुले आयोजनाबिरुद्ध कुनै पनि स्थानीयको नागरिकता, लालपुर्जा लगायतका कागजजात जबरजस्ती नलिईएको, कसैको हस्तक्षर किर्ते नगरेको फोन सम्पर्कमा बताएका छन् । २०७२ सालको भूकम्पका कारण थिलथिलो बस्ती सार्नु पर्ने भूगर्भबिद्का सुझाव छ । हिन्दी बजारदेखि परसम्मका अरनिको राजमार्ग भासिएका छन् । २२ घरमा क्षति पुगेको छ । त्यसकारण जलबिद्युत आयोजनाले उक्त बस्तीहरु, सडकलाई ठूलो असर पुग्ने छ–बुढाथोकीले बताएका छन् । फेरि पनि स्थानीयहरु अदालत जाँदै गरेको उनको भनाई छ ।

बुढाथोकीले आयोजना बिरुद्ध सर्वोच्वमा दायर गरेको मुद्धामा पनि २०८१-१-२८ गते सर्वोच्वले आयोजनाको पक्षमा निर्णय गरेसंगै अहिले आयोजनाको काम पुन सुचारु भएको छ । सर्वोच्व अदालतमा दायर गरेको मुद्धामा आफ्नो हस्तक्षर किर्ते गरेको भन्र्दै भोटेकोशी गाउँपालिका स्थानीयले बुढाथोकी बिरुद्ध जिल्ला अदालतमा किर्ते जालसाँझीको मुद्धा दायर गरेका छन् ।

इलेक्ट्रो पावर कम्पनी(साविक शैलुङग पावर) द्धारा प्रर्वर्धित ४० मेगावाटको भोटेकोशी–१ जलबिद्युत आयोजनाले बिद्युत ऐन २०४९ को दफा को उपदफा २ र बिद्युत नियमावली २०५० को नियम ८ बमोजिम नेपाल सरकार, उर्जा मन्त्रालय बिद्युत बिकास बिभागको २०७४-९-११ निर्णनुसार बिद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी निर्माणधीन अवस्थामा रहेको छ । सरकारी निकायबाट आवश्यक अनुमति, स्वीकृत लिएको छ ।

भोटेकोशी गाउँपालिकाका स्थानीयललाई बिशेष प्राथमिकता दिई रोजागारी दिएको छ । ९० प्रतिशत कर्मचारी स्थानीय स्तरका छन् । आयोजनामा प्रयोग भएका गाडी, मेसिन स्थानीयहरुकै प्रयोग गरिएको छ । गाउँपालिका र वडा कार्यालयको सिफारिशमा आयोजनाले सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको छ । आयोजनाले २०७८-१२-१६ मा भोटेकोशी गापामा सार्वजनिक सुनुवाई सम्पन्न गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार