देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भोलि कुनै प्रधानमन्त्रीले शतप्रतिशत सांसद आफ्नै चाहियो भनेर संसद् विघटन गरिदिए के गर्ने – गगन थापा

0

काठमाण्डौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता  गगन थापाले भोलि कुनै प्रधानमन्त्रीले शतप्रतिशत सांसद आफ्नै चाहियो भनेर संसद् विघटन गरिदिए के गर्ने भन्ने प्रश्न गरेका छन् । प्रजातान्त्रिक बिचार समाजले बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा थापाले असंवैधानिक कदम सच्चिनुपर्ने बताए ।

जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग माफी माग्नुपर्नेमा दुवै पक्ष लाज पचाएर आरोप प्रत्यारोपमा उत्रेको उनको भनाइ छ । थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधानअनुरूप सही फैसला गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले प्रतिनिधिसभा विघटन गरेको बताए । कम्युनिस्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण प्रतिनिधिसभा विघटन भएको उनको भनाइ छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार