देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भ्रष्ट व्यापारीलाई काखी च्याप्दै नेकपा सरकार

0

काठमाडौं – एकपछि अर्को भ्रष्टाचारको चरम आरोप खेपिरहेको नेकपा सरकार भ्रष्टाचारलाइ रोक्ने भन्दापनी निरन्तरता दिने बाटोमा लागिपरेको देखिन्छ । जसको उदाहरणस्वरुप पछिल्लो समय चर्चामा आएको राजनितिक नियुक्तिको तयारिलाई लिन सकिन्छ ।

भ्रष्टाचार गरेका कारण बद्नाम बनेको चतुर्भुज भट्टको परिवारलाई प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केहि शिर्ष नेताहरु मिलेर राजनीतिक नियुक्ति दिलाउने तयारीमा लागेको भन्दै सोही दलका केही नेताहरुले आक्रोश पोखेका छन् ।

‘भट्ट तिनै व्यक्ति हुन् जसले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला २०५८ सालमा कृषि सामग्री केन्द्रको महाप्रवन्धक हुँदा मलखाद आयातमा करोडौं भ्रष्टाचार गरेकोमा कारबाही गरिएको थियो, अहिले उनकै छोरा सुशील भट्टलाई हाम्रा अध्यक्ष नै किन च्यापिरहेका छन्, आश्चर्य लाग्छ’ माधव नेपाल निकट मानिने स्थायी समिति सदस्यले मिडियालाई भने– चतुर्भुज भट्टका छोरा सुशील भट्टलाई कुनै सरकारी निकायको प्रमुख बनाउने तयारीमा प्रधानमन्त्री देखिनुहुन्छ ।

‘मलखाद आयात गर्ने भनेर लिएको सरकारी रकम हजम बनाउन चतुर्भुजले समुद्रमा जहाज डुब्यो भन्ने कागज बनाए, कागजी घोडा तयार पारेर करोडौं रुपियाँ हिनामिना गराउने काममा बाबुलाई यिनै सुशील भट्टले सघाएको जगजाहेर हुँदाहुँदै यस्ता बद्नाम मान्छेलाई च्यापेर हिड्नु पार्टीको हितमा कसरी हुन्छ’ नाम उल्लेख एक नेकपा नेताले बताए ।

यस सम्बन्धमा सुशील भट्टसँग सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार