देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको गफ कांग्रेसलाई आएन – महामन्त्री शर्मा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको कांग्रेस चुनावी घोषणापत्रको बारेमा गरेको टिप्पणीको जवाफ फर्काएका छन् ।

मंगलबार एमाले अध्यक्ष ओलीले कांग्रेस घोषणा पत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर टिप्पणी गरेका थिए ।

यसको जवाफ स्वरुप मंगलबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन् , ‘जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ ! `जमिनमा टेकेर गर्न सकिने कामहरू´ मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्देय केपी शर्मा ओली लाई मन परेन ठिकै छ। तर कम्तिमा बिषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई !’

शर्माले एमाले अध्यक्ष ओलीले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरुको गफको पुलिन्दाको संज्ञा दिए ।

‘मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छ’ ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘माफ गर्नोस् श्रद्देय कमरेड `उडन्ते सपनाहरुको गफको पुलिन्दा´लेख्न कांग्रेसलाई आएन !’

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार