देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मंगलबार नेकपाका दुबै समूहका अलग-अलग बैठक

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – दुई खेमामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतृत्वले केन्द्रीय कमिटी बैठक पनि छुट्टाछुट्टै बोलाएका छन् ।

स्थायी कमिटीको बहुमत सदस्यले भोलि दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बोलाएपछि अध्यक्ष ओलीले पनि छुट्टै बैठक बोलाएका हुन् ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल निकट केन्द्रीय सदस्यहरूको बैठक पनि मंगलबार नै बस्ने भएको छ । दाहाल-नेपाल समूहको बैठक कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

अध्यक्ष ओलीले बोलाएको बैठक मंगलबार बिहान ९ बजे काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने नेकपा केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए ।

पार्टीको विधान र संविधानको मर्म विपरीत ओलीले गतिविधि गरेको तथा पार्टीको न्यूनतम आचारसंहिता समेत पालना नगरेको भन्दै नेकपाले ओलीमाथि कारबाही गर्न केन्द्रीय कमिटीमा छलफल गर्न लागेको थियो । ओलीले भने स्थायी कमिटीले तय गरेको समयावधि भन्दा अघि नै बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मंगलबारको बैठक तय गरेको हो । आइतबारको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस समेत गरेको छ ।

मंगलबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गर्ने जानकारी प्रचण्डले आफूनिकट नेताहरूलाई गराइसकेका छन् । सोमबार भएको आफूनिकट सांसदहरूको भेलामा प्रचण्डले केन्द्रीय कमिटीले ओलीमाथि कारबाही गर्ने बताएका थिए । कस्तो कारबाही गर्ने भनेर भने उनले खुलाएका छैनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार