देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मंगलबार नेप्सेमा सामान्य सुधार

0

काठमाडौं – मंगलबार नेप्से परिसुचक सामान्य अंकले बढेको छ । नेप्से परिसुचक १.२६ अंकले बढेर १ हजार १ सय ५५.३७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । कुल १६७ कम्पनीका ८ लाख ४० हजार ६ सय ७७ कित्ता शेयर किनबेच हुँदा २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका समूह मध्ये बैकिङ, होटल, वित्त र उत्पादन समूह घटेका छन् भने बाँकी सबै समूह बढेका छन् ।
एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । आज यस बैंकको ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल फाइनन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार