देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मंगलबार नेप्सेमा सामान्य सुधार, दुई अर्ब बढीकाे काराेबार

0

काठमाडौं – दुई दिन लगातार ओरालो लागेको धितोपत्र बजारमा मंगलबार भने सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज ५ दशमलव ४ अंकले उकालो लागेर एक हजार ६ सय ४३ दशमलव ३ बिन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा २२ करोड रुपैयाँले कमी आएको छ । हिजो ३ दशमलव ३३ अंकले ओरालो लागेको नेप्सेमा दुई अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका बैंकिङ र विकास बैंक बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ७६ दशमलव ८६ अंकले बढेको छ ।

यस्तै, व्यापारको ५५ दशमलव ९२, अन्य समूहको १४ दशमलव ८, जीवन बीमाको १४, जलविद्यतुलको ७ दशमलव १४ र लघुवित्त कम्पनी समूहको उपसूचक ६ दशमलव ८३ अंकले बढेको छ ।

मंगलबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड रुपैयाा बराबरको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ८ करोड ३४ लाख, प्राइम कमर्शियल बैंकको ८ करोड ४ लाख, जलविद्युत लगानी तथा विकास कम्पनकिो ६ करोड ३७ लाख, शिवश्री हाइड्रोको ५ करोड ९७ लाख र डिप्रोक्स लघुवित्तको ५ करोड १० लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा आज कुल १ सय ९८ कम्पनीका २९ हजार ६ सय ६ कारोबारबाट ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, दुई अर्ब २३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार