देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मंसिर २ भित्र काठमाडौं आइसक्न आफूपक्षीय सांसदलाई प्रचण्डको उर्दी

0

काठमाडौं – नेकपाका अध्यक्ष प्रचण्डले आफूपक्षीय सांसदलाई २०७७ मंसिर २ गतेभित्र काठमाडौं आइसक्न सर्कुलर जारी गरेका छन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रचण्डले यस्तो सर्कुलर जारी गरेका हुन् ।

प्रचण्डपक्षीय एक  सांसदले मंसिर २ गतेभित्र काठमाडौं आइसक्न प्रचण्डको सचिवालयमार्फत आफूलाई जानकारी आएको प्रचण्डपक्षीय एक  सांसदले  बताए । ‘परिस्थिति केही जटिल भयो । तपाईं मंसिर २ गतेभित्र काठमाडौं आउनुप¥यो,’ प्रचण्डको सचिवालयले फोनमार्फत गरेको आग्रह उद्धृत गर्दै ती सांसदले भने ।

तिहारको समयमा किन आकस्मिक रूपमा काठमाडौं बोलाइयो भन्नेबारे भने प्रष्टसँग केही नबताइएको ति नेताले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मका विकल्प प्रचण्ड–माधव समूहले रोज्न सक्ने अनुमान नेकपा वृत्तमा गरिएको छ । पार्टीभित्रको विवाद उग्र बन्दै गएको अवस्थामा प्रचण्डबाट सांसद बोलावट भएपछि कतिपयले त्यसतर्फ राजनीति उन्मुख हुन लागेको आशंका व्यक्त गर्न थालेका छन् ।

माओवादी केन्द्रकाे तर्फबाट विजयी भएका प्रचण्डपक्षीय सांसदको संख्या संघीय संसदमा ५३ जना छन् । पछिल्लो समय नेकपाभित्रको विवाद उग्र बनेको कारण प्रचण्ड र ओलीले एक–अर्कालाई आरोप लगाएपछि दुवै पक्ष क्रुद्ध बनेका छन् । यसले नेकपा फुटको संघारमा पुगेको अनुमानसमेत गर्न थालिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार