देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मंसिर ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय

0

काठमाडौं – सरकारले आगामी मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थप १ महिना सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले यो निर्णय गरिएको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले बिहीबार आयोजित पत्रकार समेमलनमा जानकारी दिएका हुन् ।

यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले कोरोना संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको उनले बताए । तर नेपाल आउनैपर्नेहरुको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइने छ ।

यसैगरी, विदेशमा अलपत्र नागरिकको हकमा अब उद्धार उडान नहुने भएको छ । कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्धार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उनले अब नेपाल आउनै पर्ने नागरिकहरुको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार